वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार


काठमाडौँ । वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा गएराति बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको छ । रिसालको जन्म विसं १९८५ साउन २९ गते भक्तपुरको ताथलीमा भएको थियो । उनी मुटु र फोक्सोसम्बन्धी रोगवाट पीडित थिए ।
वरिष्ठ पत्रकार रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थियो ।
वरिष्ठ पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन् । उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गरेका थिए । वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बनेका थिए । उनले राष्ट्रिय समाचार समितिमा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए । रिसालका ‘साधुलाई सुली’ जेल डायरी, ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन् । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज हरि बोधिनी एकादशी

२०८२ कार्तिक १६ गते, शनिबार

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार

आज भारी वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक १५ गते, शुक्रबार