आज, भोलि र पर्सि वर्षाको सम्भावना

२०८१ चैत्र २६ गते, मंगलवार

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको समेत सम्भावना छ ।
मौसमविद हरिप्रसाद दाहालले मंगलबार (आज) अपराह्नदेखि काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा पानी पर्ने सम्भावना रहेको बताए । उनका अनुसार आजको तुलनामा भोलि बुधबार अलि बढी पानी पर्ने सम्भावना छ । ‘पूर्वदेखि पश्चिमसम्मै पहाडी जिल्लाहरुमा वर्षाको सम्भावना छ,’ मौसमविद दाहालले भने, ‘मंगलबार छिटफुट खालको र बुधबार हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।’
उनका अनुसार वर्षाको सम्भावना विहीबारसम्मै छ । यसको प्रभाव भने नेपालका पूर्वी भूभागमा बढी र पश्चिम भूभागमा कम देखिने छ ।
आज अपराह्न काठमाडौंमा पनि हल्का वर्षाको स्म्भावना छ । लुम्बिनी प्रदेशदेखि पश्चिमका भूभागमा भने एक–दुई स्थानमा मात्रै वर्षाको सम्भावना रहेको मौसमविद दाहालले बताए ।
लामो समयदेखि वर्षा नभएका कारण देशका धेरै स्थानहरूमा सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढेको छ । पानी पर्दा हावामा भएका धुलो र धुवाँका कणहरु पखालिने भएकाले अहिलेको प्रदूषणबाट केही राहत मिल्ने मौसमविद हरिप्रसाद दाहालले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज हरि बोधिनी एकादशी

२०८२ कार्तिक १६ गते, शनिबार

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार

आज भारी वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक १५ गते, शुक्रबार