देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

२०८१ चैत्र २८ गते, बिहीबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित वर्षा भइरहेको जनाएको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली हुने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ ।
देशका विभिन्न भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना तथा हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यता काठमाडौं उपत्यकामा पनि आज बिहानैदेखि मेघगर्जनसहित पानी परिरहेको छ । पानी पर्ने क्रम आज र भोलि पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।
केही दिन यता विश्वकै सबैभन्दा बढी वायु प्रदूषित शहरको पहिलो नम्बरमा रहेको काठमाडौंबासीले राहत महसुस गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज हरि बोधिनी एकादशी

२०८२ कार्तिक १६ गते, शनिबार

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार

आज भारी वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक १५ गते, शुक्रबार