कर्णालीमा विद्युत र टेलिफोन सेवा अवरुद्ध

२०८१ चैत्र २८ गते, बिहीबार


काठमाडौँ । ‎‎ कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा विद्युत र टेलिफोन सेवा अवरुद्व भएको छ । बुधबार राति आएको हावाहुरी र चट्याङले रुख ढाल्दा विद्युत् सेवा अवरुद्व भएको हो । विद्युत् प्राधिकरण सुर्खेत वितरण कार्यालयले हावाहुरीसहितको वर्षाका कारण कोहलपुर-सुर्खेत ३३ केभी र पश्चिमको कुइने-बाबियाचौर-वीरेन्द्रनगर ३३ केभी लाइन अवरुद्ध भएको जनाएको छ । कार्यालयका अनुसार कोहलपुर-सुर्खेत ३३ केभी प्रसारण लाइन सुर्खेतको रामघाटसम्म मात्र संचालनमा आएको छ । त्यसयताको बाँकी लाइन मर्मतका लागि प्राविधिक टोली खटिएको प्राधिकरणको सुर्खेत वितरण कार्यालयले जनाएको छ ।
धेरै ठाउँहरुमा रुख ढलेको र पोलहरु ढलेकोले विद्युत सेवा संचालन हुन समय लाग्ने बताइएको छ । पश्चिम सुर्खेतको लाइन भने कहाँ क्षति भएको छ भन्ने नै पत्ता नलागेकोले खोजी कार्य भइरहेको कार्यालयले जनाएको छ । यी दुई लाइनबाट कर्णालीका १० वटै जिल्लामा राष्ट्रिय प्रशारण लाइन पुगेको छ । उक्त लाइन अबरुद्ध हुँदा कर्णालीका १० वटै जिल्लाहरु प्रभावित भएका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज हरि बोधिनी एकादशी

२०८२ कार्तिक १६ गते, शनिबार

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार

आज भारी वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक १५ गते, शुक्रबार