काठमाडौँ उपत्यकाको प्रदूषण ह्वात्तै घट्यो

२०८१ चैत्र २९ गते, शुक्रबार


काठमाडौँ । वर्षा भएपछि काठमाडौँ उपत्यकाको प्रदूषण ह्वात्तै घटेको छ । मंगलबारसम्म विश्वकै पहिलो नम्बर प्रदूषित सहरको सूचीमा रहेको काठमाडौं उपत्यका दुई दिन यताको वर्षाले ह्वात्तै घटेको हो । बुधबार काठमाडौंमा छिटपुट वर्षा भए पनि बिहीबार राम्रै वर्षा भएको थियो । यसले गर्दा प्रदूषण घटेर हाल १८औं स्थानमा झरेको विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’ले जनाएको छ । शुक्रबार बिहान साढे ५ बजेको मापन अनुसार काठमाडौंको समग्र एक्यूआई ९९ छ। हिजो बिहान यही सयममा एक्यूआई १५२ रहेको एयर क्वालिटी इन्डेक्सले जनाएको छ ।
हाल वायु प्रदूषणको दृष्टिले कुबेत पहिलो र इराकको बग्दाज दोस्रो स्थानमा छन् । चीनको बेइजिङ तेस्रो स्थानमा छ । कुबेतको एक्यूआई यतिबेला ३९९७, बग्दादको ९४८ र बेइजिङको १६० छ। केही दिनअघि काठमाडौंको एक्यूआई पनि ३५२ सम्म पुगेको थियो । विगत लामो समयदेखि पानी नपर्दा काठमाडौंको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्र उच्च रहेकोमा वर्षा भएसँगै सुधार देखिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज हरि बोधिनी एकादशी

२०८२ कार्तिक १६ गते, शनिबार

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार

आज भारी वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक १५ गते, शुक्रबार