नेकपा सिरहाद्वारा प्रतिगामी हर्कतविरुद्ध राँके जुलुस

२०८१ चैत्र ३१ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सिराहाले कथित राजावादीहरुको प्रतिगामी हर्कत विरुद्ध सिरहामा नेकपाको राँके जुलुस प्रदर्शन गरेको छ । शनिबार साँझ महेन्द्र राजमार्गमा पर्ने सिराहा जिल्लाको गोनुववारमा राजावादीहरुको प्रतिगामी हर्कत विरुद्ध मसाल जुलुश प्रदर्शन गरेको हो ।
नेकपाका केन्द्रीय सदस्य लक्ष्मण सीको नेतृत्वमा बुद्धचोकबाट शुरु भएको मशाल जुलुसमा प्रतिगामी हर्कतबिरुद्ध सयौं सर्वसाधारण तथा नेता कार्यकर्ताहरुले सहभागिता जनाएका थिए।
प्रदर्शनको केही समयपछि भएको कोणसभालाई सम्बोधन गर्दै नेता लक्ष्मणले ‘राजतन्त्र नामको भूतप्रेत नेपालमा कुनैपनि हालतमा नआउने बताएका थिए।
नेकपाका सिराहा जिल्ला इन्चार्ज किम सीले समाजवाद बाहेक अर्को राजनीतिक विकल्प नभएको बताएका थिए। शनिवार नै नेकपाले सिरहाको जिल्ला बैठक समान भएको सिरहाका पार्टी नेता माइला सीले बताए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज हरि बोधिनी एकादशी

२०८२ कार्तिक १६ गते, शनिबार

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार

आज भारी वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक १५ गते, शुक्रबार