वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

२०८१ चैत्र ३१ गते, आईतवार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा जारी कर्फ्युको समय थप गरिएको जनाएको छ । हमुमान जयन्तीको शोभायात्राका क्रममा शनिबार दिउँसो दुई समूहबिच झडप भएपछि वीरगञ्जमा लगाइएको कर्फ्यु अर्को आदेश नभएसम्म आइतबार राति १२ बजेसम्मका लागि थप गरिएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पूर्वमा वीरगन्ज– १५ मा रहेको भेडियाही चोक, पश्चिममा वीरगन्ज– २५ को सिर्सिया चोक, उत्तरमा वीरगन्ज– १४ को गण्डक चोक र दक्षिणमा वीरगन्ज– १६ को शंकराचार्य चोकसम्म कर्फ्यु लगाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार

आज भारी वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक १५ गते, शुक्रबार

‘मोन्था’ चक्रवातको प्रभाव : देशभर वर्षा

२०८२ कार्तिक १४ गते, बिहीबार