आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

२०८२ बैशाख १४ गते, आईतवार


काठमाडौँ । आज वैशाख कृष्णपक्ष औँसी । आज नेपालीले मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको रुपमा मनाउँछन् । जन्म दिने आमालाई मीठा परिकार खुवाएर तथा राम्रा कपडा लगाउन दिएर खुशी पार्ने प्रचलन छ । त्यसैले भौगोलिक रुपमा आमाभन्दा टाढा भएकाहरु सकेसम्म आज आमालाई भेटेर सम्मान गर्छन् र आशिर्वाद लिन्छन्। तर, आमा नभएकाहरु भने तर्पण र पिण्ड दान गर्न मातातिर्थ पुग्छन्। आफ्नो आमालाई सम्झिँदै मातातीर्थमा पुग्नेहरुको आज घुइँचो लागेको छ।
आमा नहुने नरनारी मातातीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को पूजा गर्छन्। आमा नभएकाहरुले सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थ औंसीमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ। आजकै दिन आमा नहुनेले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु