शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शुक्रबारसम्म पानी पर्ने सम्भावना रहेको जनाएको छ । विभागले बंगालको खाडीबाट विकसित प्रणाली पूर्व नेपालबाट भित्रिएको र पश्चिमी वायुको प्रभाव पनि कायमै रहेकाले पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
अहिले पनि काठमाडौं उपत्यकासहित कोशी र मधेश प्रदेशका जिल्लाहरुमा पानी परिरहेको छ । एक घण्टाको अवधिमा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै २४.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी मकवानपुरमा ११.४ मिलिमिटर वर्षा मापन भएको छ । सिन्धुपाल्चोककै बाह्रबिसेमा ७ र भक्तपुरमा ५ मिलिमिटर वर्षा भएको छ ।
‘अझै दुई–तीन दिनसम्म पानी पर्ने सम्भावना छ,’ मौसमका अध्येता एवम् विपदविज्ञ डा. धर्मराज उप्रेतीले भने, ‘देशभरी नै यस्तै अवस्था हुने सम्भावना छ ।’ केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको उनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम सफा रहने

२०८२ जेष्ठ २४ गते, शुक्रबार

डाँका समूहद्वारा एक जनाको हत्या !

२०८२ जेष्ठ २४ गते, शुक्रबार

आज विश्व वातावरण दिवस

२०८२ जेष्ठ २३ गते, बिहीबार

आज चट्याङ्गसहित वर्षाको सम्भावना

२०८२ जेष्ठ २३ गते, बिहीबार