उपत्यकामा मेलम्ची खानेपानी वितरण बन्द
 
                
काठमाडौँ । उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सूचना जारी गर्दै काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण बन्द गरिएको जनाएको छ । केयूकेएले मेलम्ची खोलामा बाढीसहित धमिलो पानी आएकाले अर्को सूचना जारी नभएसम्मका लागि पानी वितरण बन्द गरिएको जनाएको छ । मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन वर्षा सुरु भएसँगै बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गरिएको छ ।

 
                 
                             
                             
                         
                        