शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

२०८२ बैशाख २८ गते, आईतवार

शिवसेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ
काठमाडौँ । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् । सुकेधाराबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
गत चैत १५ गते भएको राजावादीहरूको आन्दोलन हिंसात्मक भए पछि प्रहरीले झन्डै एक सय जनालाई पक्राउ गरी सोधपुछ गर्ने, हिरासतमा राख्ने र मुद्दा चलाउने कार्य जारी रहेको बेला उनी पक्राउ परेका हुन् ।
तीनकुने घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईंलगायत राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत व्यक्तिहरू यसअघि नै पक्राउ परिसकेका छन् ।
राजावादीले गरेको उक्त प्रदर्शनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । साथै, सरकारी कार्यालय र गाडीमा आगजनी, निजी सम्पत्तिमा तोडफोड र लुटपाट भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०८२ बैशाख २८ गते, आईतवार

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार