कुलेखानी-कलंकी सडक जेठ २ गतेदेखि २० गतेसम्म बन्द

२०८२ जेष्ठ १ गते, बुधबार

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै कुलेखानी–कलंकी–हुमाने सडक खण्डमा जेठ २ गतेदेखि २० गतेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको जानकारी दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेँलद्वारा हस्ताक्षरित सूचनामा सडक कालोपत्र गर्ने कार्यका लागि इन्द्रसरोवर गाउँपालिकाभित्र पर्ने उक्त सडकखण्डमा यातायात पूर्णरूपमा रोक लगाइएको जनाइएको छ ।
कार्यलयका अनुसार पूर्वाधार विकास कार्यालय हेटौँडाको अनुरोधमा सडक कालोपत्रेको काम सम्पन्न नहुञ्जेलसम्मका लागि बाटो बन्द गर्न लागिएको हो ।
प्रशासनले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्गका रुपमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग अवरुद्ध

२०८२ बैशाख ३० गते, मंगलवार

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार