काठमाडौंको मखनमा आगलागी,एकजनाको मृत्यु

२०८२ जेष्ठ १ गते, बुधबार


काठमाडौँ । प्रहरी वृत्त जनसेवाले काठमाडौं महानगरपालिका- २४ मखनटोल गल्लीस्थित दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्यास लिक हुँदा आगलागी भएको बताएको छ।
आगो नियन्त्रणका लागि प्रहरी टोली, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोली र थानीय बासिन्दा खटिएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास ‘लिक’ भई आगलागी हुँदा एक जनाको मृत्यु भएको हो। मृतकको पहिचान खुलेको छैन । उनले भने ‘ग्यास लिक हुँदा आगलागी भएको छ। महिलाको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ। आगो निभाउने प्रयास जारी छ।’
आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घरमा पनि आगो लागेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग अवरुद्ध

२०८२ बैशाख ३० गते, मंगलवार

उँभौली पर्व मनाइँदै

२०८२ बैशाख २९ गते, सोमबार

आज २५६९औं बुद्ध जयन्ती

२०८२ बैशाख २९ गते, सोमबार