कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कुलेखानी–कलंकी–हुमाने सडकखण्ड आजदेखि जेठ २० गतेसम्म बन्द गरिएको जनाएको छ । सडक कालोपत्रे गर्नका लागि सवारी साधनहरु पूर्णरुपमा बन्द गरिएको हो ।
बन्द अवधिभर हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्नेहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । विकल्पमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार

आज भारी वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक १५ गते, शुक्रबार

‘मोन्था’ चक्रवातको प्रभाव : देशभर वर्षा

२०८२ कार्तिक १४ गते, बिहीबार