बेथाले छट्पटिएकी महिलालाई बाटैमा सुत्केरी गराउने जवानलाई आईजीपीको पुरस्कार

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले कैलालीको गोदावरी नगरपालिका–१ मा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुत्केरी गराउने प्रहरी जवानलाई पुरस्कृत गरेका छन् । आईजीपी थापाले प्रहरी जवान चन्द्रिकाकुमारी देउवालाई प्रहरीको छविलाई उँचो बनाउने काम गरेको भन्दै पुरस्कृत गरेका हुन् ।
यसअघि जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार देउवालाई प्रसंशापत्र र रेकर्डमा जाने गरी पुरस्कृत गरेको थियो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले देउवालाई प्रशंसापत्रसहित पुरस्कृत गरेका थिए ।
प्रहरी चौकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले सडकमा छट्पटिरहेको चन्द्रा आचार्यलाई सुत्केरी गराएकी थिइन् । बझाङको थलारा गाउँपालिकाकी आचार्यलाई पनि पद्मा अस्पताल पुर्याइएको थियो ।