नारायणघाट-बुटवल सडक अवरुद्ध

काठमाडौँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट-बुटवल सडक पूर्णरूपमा अवरुद्ध भएको छ। रातिको पानीले विनयी त्रिवेणीको दुम्किवासस्थित विनयी खोलाको डाइभर्सन बगाएपछि शुक्रबार बिहान ६ बजेदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको हो। नवलपरासी बर्दघाट सुस्त पूर्वका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार सडक अवरुद्ध हुँदा गाडीहरू लामो जाममा परेका छन् भने यात्रु मारमा परेका छन्। खोलाले डाइभर्सन बगाएको यो तेस्रोपटक हो । गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा पुल भाँचिएपछि डाइभर्सनमार्फत गाडी आवतजावत गराउने गरिएको थियो। खोलाले डाइभर्सन बगाएपछि अत्यावश्यक साधनलाई होङ्सी सिमेन्टको बाटो भएर आवतजावत गर्न लगाइएको प्रहरीले जनाएको छ।