आज सिथि नखः

२०८२ जेष्ठ १९ गते, आईतवार


काठमाडौँ । आज सिथि नखः पर्व । जेष्ठ शुक्ल पक्ष षष्ठीअर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउने गर्छन्। भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी विशेष प्रकारको पकवान बारा खाने चलन रहेको छ। यस दिन विशेषगरी बारा/वो (दालबाट बनेको नेवारी परिकार) र चातमारी (चामलको पिठोबाट बनेको नेवारी परिकार)खाइन्छ।
सिथि नखःको दिन नेवार समुदाय मुहान, कुवा, इनार, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन्। हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षात्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरेको स्थानीयले बताएका छन्। सिथि नखःले मनसुन सुरू हुन लागेको संकेत गर्छ। सिथि नखःपछि खेतमा धान रोप्ने काम सुरू हुन्छ। यसको अवसरमा टोलटोलमा स्थानीयवासीले इनार, मन्दिर परिसर र दातत्रेमा मूर्ति सरसफाई गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज विश्व दृष्टि दिवस

२०८२ आश्विन २३ गते, बिहीबार

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार