आज भूमे पर्व , लुम्बिनी प्रदेशका चार जिल्लामा बिदा

२०८२ असार १ गते, आईतवार


काठमाडौँ । आज भूमे पर्व , मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवतालाई पूजा गरी यो पर्व मनाउँदै आएका छन् । भूमि बिना कुनै पनि जीवको अस्तित्वको कल्पना गर्न नसकिने र भूमि नै जीवनदाता भएको मान्यता राख्दै मगर समुदायले यो पर्व मनाउने गर्दछन् । भूमे पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार चार जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानका सम्बन्धित समुदायलाई बिदा दिएको हो । विगत वर्षमा पनि प्रदेश सरकारले भूमे पर्वका अवसरमा बिदा दिँदै आएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु