आगामी ३ दिन काठमाडौंसहित ४५ जिल्लामा बाढीको जोखिम

२०८२ असार ४ गते, बुधबार

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीनदिन देशका अधिकांश क्षेत्रमा पानी पर्ने र नदी तथा खोलाहरुमा बाढी आउने जनाएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँसहित ४५ जिल्लामा बाढीको जोखिम देखिएको बाढी जनाएको हो ।
महाशाखाले हरेक दिनजस्तै आज पनि सम्भावित बाढीबारे जानकारी र होसियारीका लागि चेतावनी गर्दै आगामी ३ दिन कोशी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूमा जलसहत बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।
यसैगरि पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने भए पनि घटबढ भइरहने तथा नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक रहेको पनि महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]