आगामी दुई दिन देशभर भारी वर्षाको सम्भावना

२०८२ असार १३ गते, शुक्रबार

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन देशभर भारी वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अहिले वर्षा भइरहेको छ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुनेछ । आज दिउँसो देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि साधरणतया बदली रहनेछ । देशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका भूभागका तथा मधेस प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यसैबीच, यो वर्षको मनसुनमा करिब २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ। सरकारले मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वसूचना प्रणालीलाई बलियो बनाउने तयारी गरेको दावी गरेको छ। यो वर्ष कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनी प्रदेशको उत्तरी भाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदरभन्दा ५५ देखि ६५ प्रतिशत बढी वर्षा हुने पूर्वानुमान छ । त्यसैगरी सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका उत्तरी भूभागमा ४५ देखि ५५ प्रतिशत बढी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार