१०७४ किलो गाँजासहित ४ जना पक्राउ

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले मकवानपुरबाट एक हजार ७४ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाश गाउँपालिका-५ कटहरेबाट अवैध लागूऔषध गाँजा १०७४ किलोसहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले र १९ वर्षीय राजेन्द्र लामा रहेका छन् ।
प्रहरीले हरिबहादुर, बुद्धि बहादुर, अरूण, राजेन्द्र, सोही ठाउँ बस्ने गोकर्ण पौडेल, मानबहादुर मोक्तान र सोमलाल गोलेको घर तलासी गर्दा ५४ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । गोकर्ण, मानबहादुर र सोमलाल भने फरार भएका छन् ।