अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै

२०८२ असार २१ गते, शनिबार


काठमाडौँ । आज जुलाई महिनाको पहिलो शनिवार अर्थात अन्तर्राष्ट्रिय सहकारी दिवस । यसवर्ष ‘सहकारीः राम्रो संसारको लागि समावेशी र दिगो समाधानहरूको नेतृत्व’ भन्ने नाराका साथ विश्व सहकारी दिवस मनाइदैँछ। यो नाराले सहकारी संस्थाहरूको भूमिका विशेष गरि असमानता हटाउन, गरिबी निर्मूल गर्न, रोजगारी सिर्जना गर्न अनि वातावरणको संरक्षण गर्न असाधै महत्वपूर्ण हुन्छ भन्ने कुरा जनाउँछ।
अन्तर्राष्ट्रिय सहकारी महासंघले सन् १९२३ देखी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरेको छ। सहकारी दिवस मनाउने क्रममा संयुक्त राष्ट्र संघले समेत समुदायको सामाजिक आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीको महत्त्वपूर्ण योगदानको कदर गर्दै यसै दिनलाई सन् १९९५ देखी संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवसको रूपमा मनाउन थालेको हो।
सहकारीलाई समान इच्छा, आकांक्षा र अवस्था भएका व्यक्तिहरूबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्वारा आर्थिक तथा सामाजिक उत्थानको निमित्त एकताबद्ध प्रयासको रुपमा पनि लिइने गरिन्छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार