बिपी राजमार्गमा रातको समय यातायात सञ्चालनमा रोक

२०८२ असार २१ गते, शनिबार


काठमाडौँ । बिपी राजमार्गमा रातको समय यातायात सञ्चालनमा रोक लगाइएको छ। सिन्धुली र रामेछापको संयुक्त सुरक्षाका लागि गठित सुरक्षा समितिको सिफारिसअनुसार बिपी राजमार्गमा सिन्धुलीदेखि खुर्कोट हुँदै काठमाडौं जान-आउन प्रयोग हुने सार्वजनिक तथा निजी सवारी साधनको सञ्चालनमा थप ३० दिनका लागि रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सोमबार सूचना जारी गर्दै असार २० गतेदेखि थप ३० दिनको लागि प्रत्येक दिन साँझ ६ः३० बजेबाट बिहान ५ः०० बजेसम्म राजमार्ग प्रयोग गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई निषेध गरिएको जनाएको छ।
प्रशासनले गत असार ६ गतेबाट १५ दिनको लागि रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको थियो। अझै वर्षा नरोकिएकाले थप एक महिनाको लागि रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत प्रवीण कटवालद्वारा हस्ताक्षरित सूचनामा यातायात सञ्चालनमा रोक लगाउँदा परेको असुविधा प्रति क्षमा याचन गरिएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार