बिपी राजमार्ग पूर्ण अवरुद्ध

२०८२ असार ३१ गते, मंगलवार


काठमाडौँ । बिपी राजमार्ग पुनः अवरुद्ध भएको छ । गए राति परेको वर्षासँगै आएको भेलले बिपी राजमार्गको विभिन्न स्थानमा सडक कटान गरेका कारण सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार वर्षासँगै आएको भेलका कारण बिपी राजमार्ग अन्तर्गत रोसी गाउँपालिका– ११ माम्ती, रोसी गाउँपालिका–९ पिन्थली र रोसी गाउँपालिका–९ बिरुवामा खहरे खोलामा आएको लेदोका कारण सडक अवरुद्ध भएको हो ।
जेसीबिको प्रयोगबाट अवरुद्ध सडक खुलाउनका लागि प्रयास भइरहेको प्रहरीले जनाएको छ । गत असोज महिनामा आएको बाढीपहिरोका कारण क्षति पुगेपछि सामान्य वर्षामा समेत बिपी राजमार्ग अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]