आज साउने संक्रान्ति: ‘लुतो फाल्ने’ दिन

२०८२ श्रावण २ गते, बिहीबार


काठमाडौँ । आज साउने संक्रान्ति। सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ।

‘माघे संक्रान्तिले चाड धपाउँछ, साउने संक्रान्तिले चाड बोलाउँछ’ भन्ने उक्ति पनि नेपाली समाजमा प्रचलित छ।
असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसान परिवारले हिलोमैलो पखालेर आज घरपरिवार र आफन्तसँगै बसेर मिठोमसिनो खाने प्रचलन छ। असारमा रोपाइँ लगायतका काम गर्दा हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने गरिएको कथन छ।
साउने संक्रान्तिको साँझ परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, कुरिलो, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुने वनस्पति राखेर चारै दिशातिर अगुल्टो फाल्ने गरिन्छ। जसलाई लुतो फालेको भनिन्छ।
लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख(घण्टबजाउने, ढोका बन्द गर्ने प्रचलन छ। साउन महिनाभर काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरहरुमा भक्तजनको विशेष घुईंचो लाग्ने गर्छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार