कोशी , बागमती , गण्डकी,कर्णाली र सुदुरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

२०८२ श्रावण १२ गते, आईतवार

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखका अनुसार आज कोशी , बागमती , गण्डकी , कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
आइतबार राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। राति कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चितवनमा ६ घण्टा लोडसेडिङ !

२०८२ श्रावण १२ गते, आईतवार

गुँलापर्व सुरु

२०८२ श्रावण १० गते, शुक्रबार