त्रिशूलीको जलसतह ह्वात्तै बढ्यो

२०८२ श्रावण १५ गते, बुधबार


काठमाडौँ । आज बिहान ३ बजेदेखि आएको भीषण बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ। स्थानीय प्रशासनले रसुवा र नुवाकोटका सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई आग्रह गरेका छन्।
नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ। बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्। बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा क्षति भएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु