आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस

२०८२ श्रावण १५ गते, बुधबार


काठमाडौँ । जुलाई ३०, अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस। विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ।
संयुक्त राष्ट्र संघको आह्वानमा मानव बेचबिखन जस्तो अपराधलाई न्यूनीकरण गर्ने उदेश्यसहित हरेक वर्ष जुलाई ३० तारिखका दिन विश्वभर यो दिवस मनाइन्छ । नेपालले भने बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएको दिनको सम्झनामा २०६४ सालदेखि भदौ २० गतेका दिन मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउँदै आएको छ। यो वर्ष ‘मानव बेचबिखन संगठित अपराध हो- शोषण अन्त्य गरौं’ भन्ने विश्व नारा तय गरिएको छ ।
बेचबिखन पछाडिका शक्तिशाली आपराधिक सञ्जाललाई भत्काउनुपर्नेमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ। जबरजस्ती श्रम, यौन शोषण र आपराधिक गतिविधिहरूमा बाध्य पार्न मानिसलाई बेचविखनमा पार्ने गरिएको भन्दै सीमापार सहयोग, सक्रिय अनुसन्धान र बेचबिखनकर्ताहरूको पहिचान र अभियोजन गर्न प्रविधिको प्रयोगलाई बलियो बनाउन आह्वान गरिएको छ । साथै, पीडितको अधिकारको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न जोड दिइएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार