चक्रे मिलनसहित ४७ जना गुण्डागर्दीमा संलग्न व्यक्तिहरु पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विहीबार मध्यराति गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)सहित ४७ जनालाई पक्राउ गरेको छ । महाराजगन्ज स्थित होटल साम्बालाबाट चक्रे मिलनसहितका गुण्डागर्दीमा संलग्न पक्राउ परेका हुन् । बिहीबार चक्रे मिलन आफ्नो जन्मदिन मनाउन साम्बालामा पुगेका थिए । पक्राउ गर्नका लागि प्रहरीले बिहीबार रातभर ठमेल र महाराजगञ्ज क्षेत्रमा अप्रेसन चलाएको थियो ।
चक्रे मिलनको ‘बर्थडे पाटी’मा गुण्डागर्दीमा संलग्न व्यक्तिहरु भेला भएको सूचनाको आधारमा प्रहरीले अप्रेसन चलाएको थियो । सादा पोशाकमा काठमाडौं प्रहरी परिसर र उपत्यका अनुसन्धान कार्यालयको टोलीले संयुक्तरुपमा अप्रेसन चलाएका थिए ।
यसअघि प्रहरीले गुण्डागर्दीमा संलग्न ‘सानुभाइ’ भनिने युवराज गुरुङलाई बुधबार राति पक्राउ गरेको थियो ।