कोशी , मधेश , बागमती , गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

२०८२ श्रावण २० गते, सोमबार


काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी , मधेश , बागमती , गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ।
महाशाखाले आज तराईका भूभागमा पानी परिरहेको र दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ। साथै सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
सोमबार राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा राति भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु