कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

२०८२ श्रावण २३ गते, बिहीबार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज दिउँसो कोसी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
कोसी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । मधेस, कोसी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोसी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जलवाष्पयुक्त हावाको प्रभाव कमजोर हुँदा वर्षा कम हुन्छ ।

प्रतिक्रियाहरु

[anycomment]