कैलाली कारागारमा झडप : १ जनाको मृत्यु, ४७ जना घाइते

काठमाडौँ । । कैलाली जिल्ला कारागारमा शुक्रबार राति ११ बजे भएको झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जना गम्भीर छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको छ । झडपका क्रममा सख्त घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो । उनको त्यही मृत्यु भएको हो । मृतक ४० वर्षीय चौधरी लागुऔषधि मुद्दामा थुनामा थिए । उनको शव सोही अस्पतलाको शवगृहमा राखिएको छ ।
डीएसपी सिंहका अनुसार घटनामा घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । बिहीबार पनि कारागारमा झडप भएको थियो । उक्त झडपमा ५ जना घाइते भएका थिए ।