अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइँदै

२०८२ श्रावण २५ गते, शनिबार


काठमाडौँ । आज ३१ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस। यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यसैक्रममा काठमाडौंसहित देशभर आदिवासी जनजाति समुदायले ३१ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएका हुन्।
राष्ट्रिय सभागृहमा आयोजित मूल समारोह शुरु हुनुअघि विभिन्न ठाउँबाट जातीय पहिचानसहित झाँकी प्रदर्शन गरिएको छ। भृकुटी मण्डपबाट शुरु भएको झाँकी टुँडीखेल परिक्रमा गर्दै सभागृह पुगेर सभामा परिणत भएकाे थियाे
सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।
उक्त दिवसका लागि संयुक्त राष्ट्रसङ्घको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार