मनसुनी गतिविधि बढ्ने

२०८२ भाद्र ७ गते, शनिबार


काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास अवस्थित छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिएको महाशाखाले जनाएको छ। शनिबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा भएको छ। दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। साथै पहाडी भू-भागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ।
लुम्बिनी प्रदेशको तराइको भु-भाग साथै बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा दिउँसो भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शनिबार राति मधेश प्रदेश,कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
राति नै मधेश प्रदेश,कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भु-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै गण्डकी प्रदेशका पहाडी र र लुम्बिनी प्रदेशको तराई भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार