गौरा पर्व शुरु

२०८२ भाद्र १२ गते, बिहीबार

काठमाडौँ । सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा शुरु भएको छ। सुदूरका पहाडी क्षेत्रमा भाद्र कृष्ण वा शुक्ल पक्षको पञ्चमीमा शुरु भई अष्टमी तिथिमा सम्पन्न हुन्छ। यो वर्ष यो पर्व शुक्ल पक्षमा परेको हो। पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ ।
तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पूजामा बिरुडा प्रयोग गरिन्छ ।
आजैदेखि ठाउँठाउँमा देउडा समेत खेलिने प्रचलन छ । प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीलाई गौरा देवीका रुपमा पूजाअर्चना गर्ने चलन छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज ऋषिपञ्चमी

२०८२ भाद्र १२ गते, बिहीबार

आज गणेश चतुर्थी

२०८२ भाद्र ११ गते, बुधबार