कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

२०८२ भाद्र २८ गते, शनिबार

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। आज बिहान सातै प्रदेशका केही स्थानहरूमा पानी परिरहेको छ। काठमाडौंमा पनि बिहानैदेखि बदली र वर्षाको अवस्था छ।
आज दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। दिउँसो देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छआज राति देशभर साधारणतया बदली रहनेछ ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार