मुग्लिन-काठमाडौँ सडकखण्ड अवरुद्ध

२०८२ आश्विन ७ गते, मंगलवार


काठमाडौँ । नौबिसे–मुग्लिन सडक खण्ड अवरूद्ध बनेको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलामा सुक्खा पहिरो खस्दा नौबिसे–मुग्लिन सडक खण्ड अवरूद्ध बनेको हो ।
जवाङखोलामा सोमबार मध्यराति सुख्खा पहिरो खसेको र पहिरो खस्ने क्रम अझै नरोकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। अहिले उक्त स्थानमा दुईतर्फी नै बाटो अवरूद्ध रहेको धादिङ प्रहरीले जानकारी दिएको छ। सडक अवरूद्ध हुँदा पृथ्वी राजमार्गमा अहिले काठमाडौंबाट बाहिरिने र भित्रने सवारी साधनको लामो जाम रहेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु