आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायूको प्रभाव रहेको र देशभर आंशिक बदली रहेको जानकारी दिएको छ ।
महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने र कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी र तराईका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ र कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले आगामी २४ घण्टा पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]