१८ जना प्रहरी सम्पर्कविहीन,७ दिनभित्र हाजिर हुन निर्देशन

२०८२ आश्विन २१ गते, मंगलवार

कााठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्शालले सम्पर्कमा नरहेका १८ जना प्रहरीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दापनि सम्पर्कमा नआएको भन्दै सार्वजनिक मंगलबार सूचना जारी गरेर ७ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन भनिएको हो । आफूखुशी गैरहाजिर हुने प्रहरी कर्मचारीहरूमा २ जना प्रहरी सहायक हवलदार, १५ जना प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगी रहेका छन्। अन्यथा प्रहरी नियमावालीअनुसार सेवाबाट हटाउने चेतावनी कार्यालयले दिएको छ।

प्रतिक्रियाहरु

[anycomment]