कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

२०८२ आश्विन २३ गते, बिहीबार


काठमाडौँ । माैसम पूर्वानुमान महाशाखाले आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पश्चिमी भू-भागका केही स्थानहरूमा पश्चिमी वायूको प्रभाव परेकाे र बाँकी भू-भागमा भने मनसुनी र स्थानीय वायूको कमजोर प्रभाव रहेको जनाएकाे छ।
त्यस्तै, आज दिउँसाे भने कोशी प्रदेश लगायतका देशका पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ। बाँकी भू-भागमा भने मुख्यतया माैसम सफा रहने भएकाे हाे। त्यस्तै, देशका पहाडी भू-भागका केही स्थान हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
त्यस्तै, बिहीबार राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे हाे । साथै बाँकी भू-भागमा भने मुख्यतया सफा रहने भएकाे छ। त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज विश्व दृष्टि दिवस

२०८२ आश्विन २३ गते, बिहीबार

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार