यस वर्षको मनसुन नेपालबाट बाहिरियो

२०८२ आश्विन २५ गते, शनिबार


काठमाडौँ । नेपालको सम्पूर्ण भू-भागबाट मनसुनको बहिर्गमन भएको छ । जल तथा मौसम विज्ञान विभागले असोज २० गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट यस वर्ष मनसुन बहिर्गमनको शुरुवात भएको बताउदै आजदेखि नेपालक सबै भागबाट मनसुनको बहिर्गमन भएको जानकारी दिएको छ ।

नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ भएतापनि यस वर्ष मनसुन ८ दिन ढिलो गरि बाहिरिएको विभागले जनाएको छ । नेपालबाटै मनसुनको बहिर्गमन भएतापनि स्थानीय वायू तथा पश्चिमी वायूको प्रभाव रहन सक्ने भएकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिन बिभागले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज विश्व अण्डा दिवस

२०८२ आश्विन २४ गते, शुक्रबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २४ गते, शुक्रबार