बालेन र सुदनविरुद्ध प्रहरीमा अर्को उजुरी

काठमाडौँ । नेपाली कांग्रेसनिकट नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संस्थापक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ । यसअघि नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि उनीहरूविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।
गत भदौ २३ र २४ मा जेनजी आन्दोलनको क्रममा भएको जनधनको क्षतिको घटनामा उनीहरूको संलग्नता रहेको दाबी गर्दै उनीहरूमाथि अनुसन्धानको मागसहित उजुरी दर्ता गरिएको हो । नेविसंघका उजुरीकर्ताहरूले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा उजुरी दिएका हुन् । प्रहरीले उजुरी दर्ता भने गरिसकेको छैन ।
उजुरीमा बालेन र सुदनले विद्यार्थीहरुलाई आन्दोलनमा आउन उक्साएको, आगजनी र तोडफोड गरेर राष्ट्रिय सम्पदामा क्षति पुर्याएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको आरोप लगाइएको छ । नेविसंघका केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाहले २४ घण्टाभित्र उजुरी गर्दा गरी दुवैलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने उजुरीमा माग गरेका छन् ।