आज विश्व खाद्य दिवस

२०८२ आश्विन ३० गते, बिहीबार

काठमाडौँ । आज अक्टोबर १६ अर्थात् ४५औं विश्व खाद्य दिवस मनाइदैछ । सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र सङ्घको २०औँ साधारण सभाले सङ्गठनको स्थापना भएको दिन अक्टोबर १६ मा खाद्य दिवस मनाउने प्रस्ताव पारित गरे अनुरूप सन् १९८१ देखि विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँदै आइएको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को आह्वानमा यो दिवस मनाउने गरिन्छ ।
यस बर्षको विश्व खाद्य दिवस ‘राम्रो खाना र राम्रो भविष्यका लागि सँगै हातेमालो गर्दै’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
संयुक्त राष्ट्रसंघको तथ्याङ्कअनुसार हाल विश्वमा झन्डै ७० करोडभन्दा बढी मानिसले नियमितरुपमा पर्याप्त खाना पाइरहेका छैनन् । बालबालिका र गर्भवती महिलामा कुपोषण अझ गम्भीर समस्या बनेको छ । अहिले नाइजेरिया, सुडान, कङ्गो, सिरिया, यमन, इथियोपिया, म्यानमार, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तानजस्ता देशहरु तीव्र भोकमरीको अवस्था रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु