आज म्ह: पूजा

काठमाडौँ । आज कार्तिक शुक्ल प्रतिपदा अर्थात् म्ह: (आत्म) पूजा । आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्ह:) पूजा पर्व मनाउने गर्दछन् । देशभरका नेवार समुदायले आज नेपाल संवत् नयाँ वर्ष र म्ह: (आत्म) पूजा गर्दै छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि नेपाल संवतको नयाँ वर्ष र आत्म (म्ह:) पूजा आज गर्नुपर्ने जनाएको छ ।
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय मान्यता रहेको बताइएको छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ ।