छठ पर्व समापन

२०८२ कार्तिक १२ गते, मंगलवार


काठमाडौँ । ब्रतालुहरुले उदाँउदोे सूर्यको पूजाआराधना गरी अर्घ दिएसँगै छठ पर्व समापन भएको छ । पर्वको मुख्य दिन हिजो सूर्यदेवको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइयो ।
मिथिलाञ्चलमा विशेष पर्वको रुपमा मनाईने छठ पछिल्लो समय तराई मधेशका अन्य जिल्लाहरुका साथै काठमाडौं उपत्यकामा मनाउन थालिएको छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाउने गरिन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।
व्रतालुहरूले सोमबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ समापन भएको हो ।
काठमाडौंको गुह्येश्वरीस्थित गौरीघाट र कमलपोखरी लगायतका ठाउँमा र तराई मधेशका सबै ठाउँहरु छठ पर्व मनाइएको छ । यस वर्ष गुह्येश्वरी-गौरीघाट क्षेत्रमा मात्रै छठ पूजा गर्नेको सङ्ख्या पाँच लाख पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]