विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार


काठमाडौँ । आज अक्टोबर ३१ अर्थात् विश्व सहरीकरण दिवस मनाइँदैछ । सन् २०१४ देखि मनाउन सुरु गरिएको यो दिवस आज विश्वका विभिन्न मुलुकमा मनाइँदै छ। सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जनकेन्द्रित स्मार्ट सहर’ नाराका साथ आज फरक सहरमा विश्वस्तरीय विशेष कार्यक्रम आयोजना गरि यो दिवस मनाइन्छ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै अवसरमा आज कोलम्बियाको राजधानी बोगोटामा विशेष कार्यक्रम हुँदैछ। यो दिवस मनाउनुको मुख्य उद्देश्य आवास सङ्कटजस्ता विश्वव्यापी चुनौतीको समाधानका लागि दिगो र समान अवसरयुक्त सहर निर्माणमा विश्वस्तरीय सहकार्यलाई प्रवद्र्धन गर्नु हो।सन् २०१४ मा चीनमा ‘प्रमुख सहरी रूपान्तरण’ भन्ने नाराका साथ पहिलो सहरीकरण दिवस मनाइएको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु