बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार


काठमाडौँ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अविरल वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध भएको जनाएको छ। वर्षासँगै आएको लेदोका कारण बिपी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो ।
प्रहरी नायब उपरीक्षक रबिन बिष्टले वर्षासँगै राजमार्गको विभिन्न स्थानमा आएको आएको पहिरो र लेदोका कारण राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जानकारी दिए।
राजमार्गको चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा बोक्सीकुना र नार्केलगायतको स्थानहरूमा पहिरो तथा लेदो खसी दुईतर्फी सडक अवरोध भएको छ। अवरुद्ध सडक सहज बनाउन समय लाग्ने प्रहरीले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु