गैरहाजिर प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

२०८२ मंसिर ११ गते, बुधबार


काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले २७ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिरीमा रहेका र खोजतलास गर्दा पनि सम्पर्कमा नआएका २७ जना प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको हो ।
प्रधान कार्यालयले आज एक सार्वजनिक सूचनामार्फत गैरहाजिर प्रहरी सहायक निरिक्षक, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीको नाम, ठेगाना, गैरहाजिर भएको मिति लगायतको विवरण सार्वजनिक गर्दै बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।
कार्यालयमा उपस्थित हुँदा गैरहाजिर हुनुको कारण सन्तोषजनक नभए कानुनबमोजिम कारबाही हुने कार्यालयले चेतावनी दिइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज विवाह पञ्चमी

२०८२ मंसिर १० गते, मंगलवार

विवाहपञ्चमी महोत्सव : आज मटकोर

२०८२ मंसिर ९ गते, सोमबार