काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्यो

२०८२ मंसिर १२ गते, बिहीबार

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ। जाडोयाम सुरु भएसँगै वर्षाको मात्र र हावाको गति कम हुने भएकाले पनि काठमाडौँ उपत्यकामा धूलो र धुवाँको मात्र बढ्दै जाने गर्दछ। यस याममा खेतीपातीका लागि खेतमा आगो बाल्ने जस्ता कामले पनि वायु प्रदूषणको मात्र बढ्दै गएको छ।
काठमाडौँ उपत्यका सवारीसाधनको धुवाँ, सडकमा उड्ने धूलो, उद्योगधन्दा लगायतबाट निस्कने हानिकारक ग्यासले गर्दा पनि यस याममा काठमाडौँ विश्वकै प्रदूषित सहर बन्ने गरेको छ। यस याममा काठमाडौँ उपत्यका वरिपरिका विभिन्न डाँडाबाट हेर्दा उपत्यकाको माथि धूलो र धुवाँको तह प्रष्ट देख्न सकिन्छ।

प्रतिक्रियाहरु

[anycomment]