काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.३ डिग्री

२०८२ माघ १ गते, बुधबार


काठमाडौँ । काठमाडौं उपत्यकाको तापक्रम करिब दुई डिग्री नजिक पुगेको छ । आज बिहान ६ बजेर २७ मिनेटमा ३ डिग्री सेन्टिग्रेटमा झरेको न्यूनतम तापक्रम बिहान पौने ९ मा २.३ मा झरेको हो । आज मापन भएको तापक्रम मंगलबारको भन्दा कम हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार यही समयमा काठमाडौंको न्यूनतम तापक्रम २.८ थियो । पौने ९ मा काठमाडौंको अधिकतम तापक्रम १७.२ डिग्री सेल्सियस मापन भएको छ ।
आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ५.९ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । जनकपुर र चन्द्रगढीमा सबैभन्दा धेरै ९ डिग्री मापन भएको महाशाखाले जनाएको छ ।
यसैबीच, आज तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]